+
+

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते ११:३३

काठमाडौं । दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन् ।

कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।

दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?