+
+

विपिनले बलिउड फिल्म ‘एनिमल’ खेल्ने पक्का, ‘प्रसाद २’मा फर्कन तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १५:०२
बलिउड निर्देशक सन्दीप रेड्डी भांगासँग अभिनेता विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा रणवीर कपुर र अनिल कपुरसँग स्क्रिन सेयर गर्ने निश्चित भएको छ । निर्देशक सन्दीप रेड्डी भांगासँग मुम्बईमा मिटिङ भएपछि मंगलबार स्वदेश फर्किएका उनले यस्तो जानकारी दिएका हुन् ।

आगामी असोजदेखि विपिन छायांकन सेट ज्वाइन गर्नेछन् । एनिमलमा उनले बबी देओलको भाइको चरित्रमा अभिनय गर्दैछन् । फिल्मले दुई ग्याङको कथा भन्छ । दिल्ली र मुम्बईमा २० दिने सुटिङ तालिका रहेको फिल्ममा भने उनी रश्मिका मन्दानासँग नदेखिने भएका छन् ।

‘कबीर सिंह’ फेम्ड निर्देशकले आफूलाई अन्य फिल्ममा पनि दोहोर्‍याउन इच्छा देखाएको पनि उनले बताए । ‘उहाँले सेल्फी किङ मात्र हेरेर मलाई अहिलेसम्म निर्णय गर्नुभएको रहेछ । अन्य भिडियो हेरेपछि अरु प्रोजेक्टमा पनि लिन इच्छा देखाउनुभएको छ,’ उनले भने ।

‘प्रसाद २’मा फर्कन तयार’

यसैबीच, विपिनले विवादको कारण छायांकन स्थगित भएको फिल्म ‘प्रसाद २’को छायांकनमा फर्कन आफू सकारात्मक रहेको बताएका छन् । ‘म फर्कन सकारात्मक छु र हामी छलफल गरेर निधोमा पुग्छौं,’ उनले भने ।

निर्माण कम्पनी सुवास थापा प्रोडक्सनले निर्माता संघमा विपिनविरुद्ध उजुरी दिएपछि संघले आगामी साता विपिनलाई छलफलमा बोलाएको छ । सोहीअनुसार संघ, विपिन र थापाबीच त्रिपक्षीय छलफल हुने भएको छ ।

विपिनकै कारण फिल्मलाई आर्थिक क्षति पुगेको र सुटिङमा जाने सहज वातावरण बनाइदिन माग गर्दै निर्माण कम्पनीले संघमा उजुरी दिएका थिए । विपिनले आफू सकारात्मक र तयार रहेको बताएपछि ‘प्रसाद २’ पुनः सुटिङमा जाने सम्भावना बलियो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?