+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रोल्पा माओवादीमा आकांक्षीको ओइरो

महेश न्यौपाने महेश न्यौपाने
२०७९ भदौ २२ गते १७:१७

२२ भदौ, रोल्पा । नेकपा माओवादी केन्द्रले प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । भाद्र २१ गते प्रदेश सभा (क) र २२ गते प्रदेश सभा (ख) को उम्मेदवार छनौट गर्न वसेको सो पार्टीको निर्वाचन क्षेत्र समितिको बैकठले जिल्ला समन्वय समितिमा सिफारिस गरेको हो ।

प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ जोखवहादुर महरा, सुकबहादुर बुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस गरेको छ । महरा संविधान सभा सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पूर्वस्वकीय सचिव हुन्।

बुढामगर उपराष्ट्रपति नन्दवहादुर पुनका प्रमुख स्वकीय सचिव हुन् । घर्तीमगर सुनिलस्मृती गाउँपालिका निवर्तमान अध्यक्ष र केसी रोल्पा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।

यस्तै समानुपातिक तर्फ आशवहादुर पुन,मिना खड्का, निर्मला रोकामगर, कुष्मा महराको नाम निर्वाचन क्षेत्रीय समितिबाट जिल्ला समन्वय समितिमा सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं (ख) वाट कुलप्रसाद केसी,दीपेन्द्र पुन मगर, राजवहादुर वुढामगर, निमकान्त डाँगी र वीरवहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।

निर्वाचक्षन क्षेत्रबाट जिल्ला समन्वय समितिमा सिफारिस हुने केसी लुम्विनी प्रदेशका मुख्य मन्त्री हुन्। यसैगरी पुन लुम्बिनी प्रदेश सभा सदस्य, वुढामगर जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान समन्वय प्रमुख, डाँगी परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष र खत्री गंगादेव गाउँपालिकाको निवर्तमान अध्यक्ष एवम गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए ।

समानुपातिक तर्फ त्रिपनी वैजाली मगर, धनिकला वुढामगर,मानसिंह विश्वकर्मा,हितकुमारी वुढामगर, लालसरी घर्तीमगर, शेरसिंह वन्दीपुरे, शान्तराज वोहरा, गोविन्द पुन, रामवहादुर वली, भक्ताबहादुर वली र पूर्णवहादुर दमाईको नाम सिफारिस गरेको छ ।

पार्टी जिल्ला समन्वय समितिको आज बैठक बसेर प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस गर्ने नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?