
काठमाडौं । फिल्मको सेन्सरमा ‘राजनीति’ भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी फिल्मलाई प्राथमिकतामा राखिएको र नेपाली फिल्मलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् ।
नेपाली फिल्म सेन्सर बोर्डको इतिहासमा बहिष्कारको यस्तो पहिलो घटना भएको हो । ‘फिल्म सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना आउनुपर्ने हो, तर आजको आजै सेन्सरमा आऊ भन्नु उचित होइन । मैले आउँदिन भन्दिएँ,’ थापाले अनलाइनखबरसँग भने ।
विदेशी फिल्मलाई मनपरी ढंगले जुनसुकै समयमा पनि सेन्सर गर्ने र सेन्सरको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ नखोल्ने निर्णय चित्त नबुझेकाले बहिष्कार गर्ने निर्णय गरेको थापाले बताए ।
बिहीबार मात्रै बलिउड फिल्म ब्रह्मास्त्रसहित दुई नेपाली फिल्मको सेन्सर तालिका छ । शुक्रबार बिहान दक्षिण भारतीय फिल्म सीताराममको सेन्सर तालिका छ ।
प्रतिक्रिया 4