२५ भदौ, दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् ।
म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।
फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको एसपी वीरबहादुर वलीले बताए ।
उनका अनुसार सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट शुक्रबार बेलुकी पक्राउ गरिएको उनले बताए । ‘कोइलावास सीमाबाट भाग्ने योजना रहेछ’ उनले भने ‘तर २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएका छौं ।’ पक्राउ परेका कैदी विश्वकर्मालाई राति १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4