+
+

नेपाल टी-२० लिग : को खेलाडी कुन टिममा परे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:२६

२६ भदौ, काठमाडौं । नेपाल टी-२० लिगको लागि नेपाली खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । राजधानीको एक होटलमा भइरहेको ड्राफ्ट अन्तर्गत शनिवार मार्की खेलाडीको ड्राफ्ट भएको थियो ।

आइतबार बाँकी नेपाली खेलाडीको ड्राफ्ट भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । अब विदेशी खेलाडीको ड्राफ्ट हुनेछ । हरेक टिमले ५-५ विदेशी खेलाडी अनुबन्ध गर्नेछन् ।

ड्राफ्टबाट सहभागी ६ टोलीले ११-११ नेपाली खेलाडी छनोट गरेका छन् । पहिलो पटक हुन लागेको नेपाल टी-२० लिग फ्रेन्चाइज क्रिकेटमा नेपालका उत्कृष्ट ६६ खेलाडी छनोट भएका छन् ।

जसमा हरेक टोलीमा एक एक मार्की खेलाडी छन् । उनीहरुको तलब १५ लाख हुनेछ । यस्तै अर्का एक ए क्याटेगोरीका खेलाडी पनि १५ लाखमै अनुबन्ध भएका छन् ।

क्याटेगोरी बी का खेलाडीले १० लाख र क्याटेगोरी सी का खेलाडीले ५ लाख पाउनेछन् । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेटको रुपमा रहेको नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं गोर्खाजले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी, विराटनगरले मार्की खेलाडीमा रोहित पौडेल, जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई अनुबन्ध गरेको छ ।

फार वेस्टर्न युनाइटेडले १२ खेलाडी अनुबन्ध गरेको छ । जस अनुसार ६७ जना नेपाली खेलाडी नेपाल टी-२० लिगमा छनोट भएका छन् । ड्राफ्टका लागि छनोट भएका ९२ जना खेलाडी मध्ये २५ जना खेलाडी कुनै पनि टिममा अनुबन्ध भएनन् । यसमा क्याटेगोरी ए मा रहेका सुबास खकुरेल पनि हुन् ।

कुन टिममा कुन खेलाडी ?

काठमाडौं गोर्खाज : ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रिजाल, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी

लुम्बिनी अल स्टार्स : दीपेन्द्र सिंह ऐरी, अनिल शाह,कुशल भुर्तेल, गुल्सन हा, सागर ढकाल, योगेन्द्र सिंह कार्की, किशोर महतो,तिलक राज भण्डारी, सुनिल धमला, आकाश चन्द, सिंह पाण्डे

विराटनगर सुपर किङ्स : रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल

जनकपुर रोयल्स : सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी

पोखरा एभेन्जर्स : आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी

फारवेस्ट युनाईटेड : करण केसी, विनोद भण्डारी,भिम सार्की, देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, बसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?