
२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञको रुपमा नियुक्त गरेको छ ।
मंगलबार महानगरका मेयर बालेन्द्र साह (बालेन)ले मेयरस्तरीय निर्णयबाट श्रेष्ठलाई काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहजीकरण र सुझावको लागि नियुक्त गरेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
श्रेष्ठलाई अवैतानिक सल्लाहकारको रुपमा राखिएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ट्राफिक प्रहरीको रुपमा श्रेष्ठले १८ वर्ष भन्दा धेरै समय काम गरेका थिए । उनी नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर निवृत्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4