+
+

ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:१०

२९ भदौ, काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ ।

चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र फ्लाइट संख्या बढाउन लागेका विमान कम्पनीलाई निगमले हवाई इन्धन आपूर्ति गर्न नसकिने जानकारी गराउनु परेको पनि निगमले जनाएको छ ।

व्यवसायीको माग सम्बोधन गर्न निगमले प्रयप्त छलफल गरेको निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

‘पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,’ निगमले भनेको छ, ‘विद्यमान कानुन र निगम व्यवसायीको माग पूरा गर्नेसम्बन्धमा गरेको छलफल हेक्का राख्न र आन्दोलनका कार्यक्रम स्थगर्न गर्न पुनः अनुरोध गर्दछौं ।’

पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै नेपाली कांग्रेस निकट पेट्रोलियम व्यवसायीहरु आन्दोलनमा छन् । १७ भदौदेखि उपत्यकाबाहिरका विमानस्थलको हवाई इन्धन ढुवानी ठप्प बनाएका उनीहरुले आइतबारदेखि पेट्रोलियम पदार्थको पीडीओ उठाएका छैनन् । उनीहरुले १ असोजदेखि देशैभरको ढुवानी ठप्प पार्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

व्यवसायीहरुले २० प्रतिशतसम्म ढुवानी भाडा वृद्धिको माग गरेका छन् । आर्थिक रुपमा शिथिल बनेको निगमले वार्षिक ५० करोड हाराहारी थप आर्थिक भार थपिने गरी भाडा वृद्धिको प्रस्ताव यसअघि ७ पटकसम्म निगम सञ्चालन समितिमा लागिसकेको छ ।

तर, निगम सञ्चालक समिमितले निगम र पेट्रोलियम व्यवसायीको सुविधा कटौती गर्नुपर्ने बेला उल्टै भाडा वृद्धि गर्न नहुने भन्दै फिर्ता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?