+
+

नवौं राष्ट्रिय खेलकुद : टस जितेको सुदूरपश्चिमलाई कांस्य पदक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १३:४८

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ ।

नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए ।

त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल हुनुपर्ने थियो । सुदूरपश्चिमले टस जिते पनि वर्षाका कारण खेल हुन नसक्दा प्रतियोगिताको नियमअनुसार सुदूरपश्चिमलाई विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मीबीच शुक्रबारै प्रतिस्पर्धा हुँदैछ ।

एनआरएनए टिमका कप्तान सुनाम गौतमले टसबाट विजेता घोषणा गरिएकोमा फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?