+
+

दौड प्रतियोगितामा विश्व र अञ्जु पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १९:३९

१ असोज, काठमाडौं । गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् । विश्व छात्र र अन्जु छात्रामा पहिलो भएका हुन् ।

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे । जनज्योति माविका अजय विक दोस्रो र अरनिको माविका सोनाम शेर्पा तेस्रो भए ।

अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन् । पञ्चकन्या माविका सोनु घतानी दोस्रो र सरिता रम्तेल तेस्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, महासचिव नरेशकुमार मल्ल, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार १ सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो ।

एक वर्षमा ४ वटा म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको थियो । दशरथ रंगशालादेखि सुरु भइ दशरथ रंगशालामै आएर सकिएको दौडमा उपत्यका, रोल्पा, सुर्खेत, सुनसरी र सर्लाहीका विभिन्न ८० विद्यालयका २ सय १३ प्रतिस्पर्धी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?