+
+

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १२:०२

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ ।

‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा महासंघको प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरिएको भन्दै महासंघले यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ । सबै चलचित्रकर्मीले टिकट काटेर फिल्म हेर्ने बानी बसाल्न समेत महासंघले आग्रह गरेको छ ।

‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए । उनले सार्वजनिक रुपमै यस्तो भनेपछि विवाद थप पेचिलो बनेको छ ।

खड्काले राजीनामा मागेपछि उत्पन्न विवादपछि आइतबार चलचित्र विकास बोर्डको बैठक बसेको थियो । बैठकमा चलचित्र संघसँग वार्ता गर्ने र विवाद समाधानका उपायबारेमा छलफल भएको बोर्ड सदस्य राज कटुवालले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रेमगीत ३’ शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा प्रदर्शन हुँदैछ । नेपालमा अहिलेसम्म हिन्दी संस्करण सेन्सर भइसकेको छैन । भारत प्रिमियरका लागि निर्देशक र कलाकारहरु यतिबेला मुम्बईमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?