२७ जेठ, काठमाडौं। नेपालका लागि आईकौर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले आईकौर भी–२३ विद्युतीय एसयूभीमा सीमित स्टकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार सीमित संख्यामा उपलब्ध सवारीसाधन ग्राहकले बजेटअघि कायम रहेको ५० लाख ९९ हजार मूल्यमै खरिद गर्न सक्नेछन् । हाल भने उक्त गाडीको आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार निर्धारण गरिएको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण आईकौर भी–२३ को मूल्य वृद्धि भएको कम्पनीले स्पष्ट पारेको छ। तथापि, ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै सीमित स्टकका लागि पुरानै मूल्य कायम गरिएको कम्पनीको भनाइ छ।
यस व्यवस्थाबाट ग्राहकले प्रत्यक्ष रूपमा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन्। कम्पनीका अनुसार सीमित स्टक समाप्त भएपछि नयाँ बुकिङ तथा डेलिभरी संशोधित मूल्य ५३ लाख ९९ हजार अनुसार हुनेछन्।
आईकौर भी–२३ नेपाली बजारमा जीवनशैलीमुखी विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) का रूपमा परिचित बन्दै गएको कम्पनीले जनाएको छ। रेट्रो शैलीबाट प्रेरित डिजाइन, आधुनिक विद्युतीय प्रविधि, ५९.९३ किलोवाट/घण्टा क्षमताको ब्याट्री, एकपटकको पूर्ण चार्जमा ४०१ किलोमिटरसम्म (सीएलटीसी मापदण्डअनुसार) यात्रा गर्न सक्ने क्षमता तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स यसका प्रमुख विशेषता रहेका छन् ।
आकर्षक डिजाइन, उच्च कार्यसम्पादन र आधुनिक सुविधाका कारण आईकौर भी–२३ नेपाली विद्युतीय सवारी प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।
कम्पनीले यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकलाई देशभर रहेका आईकौरका शोरुम तथा आधिकारिक विक्रेतासँग शीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। यो सुविधा हाल उपलब्ध स्टकमा मात्र लागु हुने र स्टक समाप्त भएसँगै स्वतः समाप्त हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4