0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

फिलिपिन्स भूकम्प : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ११:५५

२७ जेठ, काठमाडौं । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार अद्यावधिक गरेको तथ्याङ्कअनुसार भूकम्पमा परी ४ सय ८७ जना घाइते भएका छन् भने अझै १७ जना बेपत्ता छन्।

भूकम्पका कारण ३३ हजारभन्दा बढी परिवारका करिब डेढ लाख नागरिक प्रभावित भएका छन्। अस्पताल, विद्यालय र पुललगायत २ सय ३८ वटा भौतिक पूर्वाधारमा क्षति पुगेको परिषद्ले जनाएको छ।

मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही क्षेत्रमा कडा कम्पन महसुस गरिएको थियो। मुख्य झट्कापछि हालसम्म १ हजार ७ सयभन्दा बढी परकम्प गइसकेका छन्। प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अहिले पनि तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्।

मानवीय र भौतिक क्षतिका हिसाबले सारङ्गनी र दक्षिण कोटाबातो प्रान्त सबैभन्दा बढी प्रभावित बनेका छन्। यी दुई प्रान्तमा मात्रै करिब सात लाख जनसङ्ख्याको बसोबास छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार ७:३७ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारङ्गनी प्रान्तस्थित मासिम सहरको तटबाट ३२ किलोमिटर दक्षिणपश्चिममा, ३३ किलोमिटर गहिराइमा रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?