
३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इच्छुमती) खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ ।
काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक-हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन रिएको छ । उनले ती क्षेत्रमा संरचना बनेका ठाउँभन्दा बाहिर टुकुचा खोज्न उत्खनन गरिरहेको उनको भनाइ छ ।
काठमाडौं महानगरपालिका अनुसार नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ । त्यसपछि पुतलीसडकको काठमाडौं प्लाजा छेउमा मात्र टुकुचा देखिन्छ ।
महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन गरिरहेका महानगर प्रहरीले जनाएको छ ।
टुकुचा खोलालाई कहिलेदेखि भूमिगत गरियो भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन । तर राणाकालीन समयमा इँटाको गुम्बज बनाएर भूमिगत गरिएको इतिहासका जानकारहरुले बताएका छन् ।
इतिहास र विभिन्न अध्ययन प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटर र तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाव क्षेत्र छ । तर, खोला क्षेत्र मिचेर संरचना बनेको भन्दै महानगरपालिकाले त्यसलाई हटाउने जनाएको छ ।
प्रतिक्रिया 4