+
+
फलोअप :

५० मतदाताका लागि हुम्लाको मासपुर गाउँमै मतदान केन्द्र

प्रकाश सिंह प्रकाश सिंह
२०७९ असोज ३ गते १८:०९

३ असोज, हुम्ला । हुम्लाको ताजाकोट गाउँपालिका-३ मासपुर गाउँमा मतदान केन्द्र स्थापना हुने भएको छ । निर्वाचन आयोगले मासपुर गाउँमा मतदान केन्द्र राख्ने निर्णय गरेको छ । आयोगले गाउँमा रहेको बानादेव आधारभुत बिद्यालयमा मतदान केन्द्र राख्ने भएको हो ।

भर्खर सम्पन्न भएको स्थानिय चुनावमा मासपुर गाउँका बासिन्दालाई मतदान केन्द्र पुगेर घर फर्कन १० घण्टा लाग्ने समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो । सो समाचारमा निर्वाचन आयोगका सुचना अधिकारी तथा सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले अर्को चुनावमा गाउँमै मतदान केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

मासपुर गाउँमा रहेको मतदान केन्द्रमा जम्मा ५० जना मतदाता छन् । निर्वाचन आयोगका अनुसार, यो सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र भएको छ ।

यो समाचार सुनेर स्थानीय ८२ बर्षिय आउसे रोकाया औधी खुसी छन् । उनले पहिलो संबिधान सभा चुनाव यता भोट हालेका थिएनन् । ‘मतदान केन्द्र टाढा भएकाले जान सकेको थिइन, अब गाउँमै मतदान केन्द्र हुने भएपछि भोट हाल्न गइन्छ,’ आउसेले भने ।

समाचार प्रकाशित पछि सिडिओको अध्यक्षतामा रहेको मतदान केन्द्र सिफारीस जिल्ला समितिले हुम्लाले निर्वाचन आयोगमा मतदान केन्द्र राख्न सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका नायव सुब्बा श्यामबहादुर रानाले बताए ।

मतदान केन्द्र टाढा हुँदा धेरै जसो मतदाता मतदानमा सहभागी हुन सक्दैनथे । मासपुर गाउँका बासिन्दा मतदान गर्न नजिकैको केन्द्र कैलाश आधारभूत बिद्यालय पुग्नुपर्थ्यो  । त्यहाँ पुग्न करिक एक दिन लाग्थ्यो । यसरी जान, मतदान गर्न र फर्कन गरेर तिनदिन समय लाग्ने अवस्था थियो । स्थानिय टेकबहादुर रोकाया भन्छन, ‘अब हाम्रो यो दु:ख हट्यो ।’

मासपुर गाउँमा २३ घरधुरी छन् । गाउँको जनसंख्या १ सय ३ छ । मतदाता परिचयपत्र भएका ५० जना रहेको जिल्ला निर्वाचन कार्यलय हुम्लाले जनाएको छ । यस मध्ये ६० बर्ष माथीका १० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?