+
+

नामिबियाका प्रशिक्षकले वैकल्पिक फिल्डरको रुपमा क्याच लिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १२:५३

४ असोज, काठमाडौं । आईसीसी क्रकेट विश्वकप लिग टु अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा नामिबियाका प्रशिक्षक पिएरे डे ब्रुएनले वैकल्पिक फिल्डर बन्दै क्याच लिएका छन् ।

पीएनजीको पोर्ट मोरेसबीस्थित अमिनी पार्कमा नामिबिया र पीएनजी बीच खेलको दोस्रो इनिङ्समा प्रशिक्षक पिएरे मैदान प्रवेश गरेका हुन् ।

प्लेइङ एघारका खेलाडी बाहेक अन्य खेलाडी चोटका कारण उपलब्ध नभएपछि प्रशिक्षक पिएरे आफैँ वैकल्पिक फिल्डरको रुपमा मैदान प्रवेश गरेका हुन् ।

बेन्चमा रहेका तीन खेलाडी स्मिथ, या फ्रान्स र लाउरेन्स घाइते थिए भने रुबेन ट्रम्पलम्यान मैदान बाहिर आएपछि प्रशिक्षक नै मैदान प्रवेश गर्नुपरेको थियो ।

प्रशिक्षक पिएरेले क्याच पनि लिए । बर्नार्ड स्कोल्टको बलिङमा पिएरेले टोनी उराको क्याच लिए । टोनी उरा १ रन बनाएर क्याच आउट भए ।

यो खेल नामिबियाले १६७ रनले जित्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले माइकल भान लिनगेनको अविजित ११९ रन मद्दतमा ४ विकेट गुमाएर २८४ रन बनाएको थियो । २८५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२.४ ओभरमा ११७ रनमा अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?