
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले वाणिज्य बैंकको मोबाइल एप्समार्फत फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म छुट पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र वाणिज्य बैंकका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकाल र फोनपेका बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरे । यो योजना ७ असोजदेखि १४ असोजसम्म सञ्चालन हुनेछ ।
यसैबीच फोनपेले दशैं पर्वलाई लक्षित गरी ‘चाडवाडमा जीवन सहज बनाऔं,नगद छाडौं, फोनपे गरौं’ योजना सुरु गरेको छ ।
यस योजना अन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैयाँ जित्न सकिनेछ ।
यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङको फोन जित्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुका लागि यो योजना ४ असोजदेखि १४ असोजसम्म लागू हुनेछ भने मर्चेन्टहरुले १२ कात्तिकसम्म हरेक दिन मोबाइल जित्न सकिने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4