+
+

ह्वाट्सएपमा आफैसँग च्याट कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:०८

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका विश्वमा दैनिक करोडौँ प्रयोगकर्ता छन् । मेटा कम्पनीले ह्वाट्सएपमा निरन्तर नयाँ तथा गज्जबका फिचरहरु थप गरिरहेको हुन्छ । तर यसका कतिपय फिचरहरुका बारेमा धेरैलाई थाहै हुँदैन । त्यसमध्ये एउटा यस्तो फिचर हो जसबाट तपाइँ आफैसँग च्याट गर्न सक्नुहुन्छ ।

सिग्नल लगायतका मेसेजिंग एपमा पनि यस्तै फिचर उपलब्ध छ, जसको सहयोगमा प्रयोगकर्ताले आफैसँग च्याट गरी लिस्ट बनाउन, लिंकहरु सेभ आदि गर्न सकिन्छ ।

ह्वाट्सएपमा च्याटहरु आर्काइभ गर्ने, ग्रुपहरु म्यूट गर्ने, महत्वपूर्ण मेसेजहरुलाई स्टार लगाउने लगायतका विभिन्न फिचरहरुका बारेमा त धेरैलाई थाहै छ । तर आफैसँग च्याट गर्ने फिचर धेरैलाई थाहा नभएको र गज्जबको फिचर छ ।

आफैसँग च्याट कसरी गर्ने ?

ह्वाट्सएपमा आफैसँग च्याट गर्ने काम धेरै अर्थमा उपयोगी हुन सक्दछ । यसबाट तपाइँले विभिन्न लिंक, च्याट तथा भिडियोहरु सेभ गर्न सक्नुहुन्छ र पछि फुर्सदमा ती सामाग्रीहरु हेर्न सक्नुहुन्छ । साथै यो फिचरबा तपाइँले सपिङ तथा गर्नुपर्ने अन्य कामको सूचि बनाउन र अन्य डिभाइसहरुमा शेयर गर्न सक्नुहुन्छ । ह्वाट्सएपमा आफैसँग च्याट गर्नका लागिः

आफ्नो फोन तथा पर्सनल कम्प्युटरमा कुनै पनि ब्राउजर खोल्नुहोस्

त्यसपछि ब्राउजरको एड्रेस बारमा wa.me// सँगै आफ्नो फोन नम्बर टाइप गर्नुहोस् । फोन नम्बर टाइप गर्दा देशको फोन कोड नम्बर पनि हाल्न नबिर्सनुहोस्, जस्तै नेपालको हकमा ९७७ ।

लगत्तै विन्डोज प्रोम्प्टले ह्वाट्सएप खोल्न सूचित गर्दछ । यदि तपाइँले स्मार्टफोन चलाउनु भएको छ भने तपाइँको प्रोफाइल पिक्चरको छउँमा माथिल्लो भागमा फोन नम्बरसहित ह्वाट्सएप खुल्नेछ । त्यसपछि तपाइँले आफैसँग च्याट गर्न, नोटहरु थप्न र फोटो तथा भिडियोहरु सेभ गर्न सक्नुहुन्छ ।

यदि तपाइँ कम्प्युटरमा हुनुहुन्छ भने Continue to Chat लेखिएको बटन सहित विन्डोज खुल्नेछ ।

उक्त अप्सनमा क्लिक गरेसँगै ह्वाट्सएप वेब तथा ह्वाट्सएप डेस्कटप एप खुल्दछ र त्यहाँ तपाइँका च्याट देखिन्छन् । त्यहाँ तपाइँले आफैसँग च्याट सुरु गर्न सक्नुहुन्छ ।

त्यसरी लिंक तथा टेक्स्टसहित गरेका सबै च्याटहरु तपाइँको फोनमा समेत देखिनेछन् र तपाइँले जुनसुकै डिभाइसबाट ह्वाट्सएप लगइन गर्दा पनि सबै डाटाहरु प्राप्त गर्न सक्नुहुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?