
४ असोज, काठमाडौं । सन् २०२७ मा हुने महिला विश्वकप आयोजनाका लागि दक्षिण अफ्रिकाले पनि दाबी गरेको छ ।
सन् २०१० मा भएको पुरुष विश्वकप सफलता पूर्वक आयोजना गरेको दक्षिण अफ्रिकाले पहिलो पटक महिला विश्वकप आयोजनाको दाबेदारी पेस गरेको हो ।
दक्षिण अफ्रिका फुटबल संघ (साफा)का प्रमुख कार्यकारी टिबोगो मोत्लान्टी भन्छन्, ‘ नेशनल एक्जुकेटिभ कमिटी(एनईबी) मा हामी पनि महिला विश्वकपका लागि दाबेदारी गरौं भन्ने सल्लाह भए अनुसार दाबेदारी पेस गरेका हौं । पहिला हामी फिफामा दाबेदारी पेस गर्छौं, त्यसपछि हामी विश्वकपका लागि आवश्यक तयारी थाल्छौं ।’
गत जुलाईमा सम्पन्न महिला अफ्रिका कपको फाइनलमा मोरक्कोलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितको थियो ।
दक्षिण अफ्रिकाभन्दा पहिला नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीले संयुक्त रुपमा महिला विश्वकप आयोजनाको दाबेदारी पेश गरिसकेका छन् ।
अमेरिका पनि २०२७ वा २०३० मा हुने विश्वकपको लागि इच्छुक देखिएको छ । अमेरिकाले इच्छा देखाए पनि हालसम्म दाबेदारी भने पेश गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4