+
+

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते २०:३१

काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।

अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बीबीए र बीआईटीका विद्यार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा ऐस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ऐपेक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, इटहरी इन्टरनेशनल कलेज, इनफर्ममेटिक्स कलेज पोखरा, हेरल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिश कलेज, नामी कलेज र स्याम कलेजले सहभागिता जनाएका थिए ।

सहभागीको सीप परीक्षण गर्नका लागि कार्यक्रमलाई स्टार्ट अप आइकन, सीईओ अफ द इयर, द अल्फा एन्यालिस्ट, द ग्लोबल एडभोकेट, मार्केटिङ मेस्ट्रोस र द एस्पायरिङ रेस गरेर ६ वटा विधामा डिजाइन गरिएको थियो ।

कार्यक्रमका अन्तिम दिन ‘अ डे इन ब्रिटेन’ थिममा बेलायती तरिकाले सबै गतिविधीहरु देखाइको कलेजले जानकारी दिएको छ । कार्यक्रममा मनोरञ्जनात्कम गतिविधि, स्टलहरूका साथै विद्यार्थीहरुको प्रस्तुती रहेका थिए ।

कार्यक्रममा इस्लिङटन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेशनल कलेजले जितेको छे । यस कार्यक्रमले अतिरिक्त क्रियाकलापहरू (Extracurricular Activities) र industry ready हुन सहयोग गर्ने विश्वास कलेजले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?