
६ असोज, काठमाडौं । युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।
नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो ।
युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की छन् ।
भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहीआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।
युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने छ ।
प्रतिनिधिमण्डलले जलवायु परिवर्तन, लैंगिक सवाल र सामाजिक समावेशितालगायत विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया 4