+
+

डेम्बेले भन्छन् : बार्सिलोनाका सुरुवाती ५ वर्ष खेरै गयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १७:३९

६ असोज, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेलेले क्लबमा आफ्नो सुरुवाती पाँच सिजन खेर फालेको बताएका छन् ।

फ्रान्सेली विंगर डेम्बेले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सन् २०१७ मा बार्सिलोना पुगेका थिए । तर, उनलाई त्यहाँ अनुकुल हुन लामो समय लाग्यो । गत सिजनदेखि मात्र उनी खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्न थालेको प्रतीत हुन्थ्यो ।

स्पेनिस सञ्चारमाध्यम आरएमसीसँगको कुराकानीमा उनले आफ्नो करिअरका बारेमा स्मरण गरेका छन् । र उनले स्वीकार गरेका छन् कि आफ्नो करिअर अझै राम्रो हुन सक्थ्यो । यद्यपी उनी अझै युवा छन् र अन्तिममा सही बाटोमा आएका छन् ।

‘म अन्य मानिसहरुजस्तै युवा थिएँ,’ बार्सिलोना आगमनका सुरुवाती वर्षमा उनको जीवनशैलीबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘तर, म त्यो अवस्थाबाट अगाडि बढ्न सफल रहेँ । सन् २०१७ देखि २०२१ सम्म मैले धेरै समय बर्बाद गरेँ । मैले आफ्नो जीवनको पाँच वर्ष गुमाएको छु ।’

फ्रान्सेली राष्ट्रिय टिमका सदस्य उनले त्यो समयमा धेरैपल्ट चोटबाट संघर्ष गरिरहे । उनले आवश्यक मात्रामा प्रशिक्षण नपाएका कारण धेरै चोट लागेकोसम्म आरोप लागेको थियो ।

‘मलाई ह्याम्स्ट्रिङको चोट थियो । यदि तपाईंले कडा मिहिनेत गर्नुहुन्न भने तपाईं फस्नुहुन्छ,’ उनले थपे, ‘रोनाल्ड कोम्यान र जाभीले मलाई निको हुन सहयोग गरे ।’

डेम्बेलेका अनुसार अघिल्लो वर्षको डिसेम्बरमै उनी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्नेबारे अनिर्णित थिए । त्यसका लागि जाभीले ठूलो भूमिका खेले । ‘जाभीको विश्वाससँगै मलाई पनि यहीँ बस्नुपर्छ भन्ने भयो । बास्तवमा म बार्सिलोनाबाट फेरि च्याम्पियन्स लिग जित्न चाहन्छु,’ उनले भनेका छन्, ‘अहिले म ठीक भइसकेको छु । बार्सिलोनाका लागि राम्रो प्रदर्शन गरिरहेको छु । टिमको विश्वास जितेको छु ।’

व्यक्तिगत रुपमा बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको उनले सुनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?