+
+

पोखरामा १५ असोजदेखि हट एयर बलुन पुनः सञ्चालन गर्ने तयारी

पोखरामा हट एयर बलुन १५ असोजदेखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पूरा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १४:३२

७ असोज, काठमाडौं । पोखरामा हट एयर बलुन १५ असोजदेखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पूरा भएको छ । कोभिड-१९ महामारी पछि बन्द रहेको बलुन उडान पुनः सुचारु गर्न  युरोपबाट पाइलट समेत नेपाल आइसकेको बलुन नेपालका सञ्चालक बिक्रम बाडेले जानकारी दिए ।

‘हट एयर बलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानिया नागरिक हुन्,’ बाडे भन्छन्, ‘नेपालमा हट एयरको पाइलट नभएकाले हामीले युरोपबाट बोलाउनु परेको हो ।’

बलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ ।  उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए ।

बलुन नेपालले सन् २०१८ नोभेम्बरदेखि हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर कोभिड-१९ का कारण केही समय बन्द गरिएको थियो । आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?