+
+

अनलाइनखबरकर्मी सुवेदीलाई धम्क्याएकोप्रति महासंघको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १६:०२

७ असोज, काठमाडौं । समाचारको विषयलाई लिएर अनलाइनखबरकर्मी बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शुक्रबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी पत्रकार सुवेदीलाई एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति विरोध जनाएका हुन् ।

‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?