+
+

नेपाल र बंगलादेश ‘ए’ टिमबीच क्रिकेट सिरिज गर्ने क्यानको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १७:०८
केन्यासँगको सिरिज जितेको नेपाली राष्ट्रिय टिम ।

७ असोज, काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् ।

नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो ।

‘हामीले उनीहरुसँग सिरिज खेल्न कुरा गरिरहेका छौं । पक्का भने भइसकेको छैन छिट्टै केही निष्कर्ष आउनेछ,’ क्यानका सचिव मल्लले अनलाइनखबरसँग भने ।

नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो । नेपाली टिमलाई एकदिवशीय फम्र्याटमा अभ्यास गराउनका निम्ति यो सिरिज प्रस्ताव गरिएको मल्लले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?