+
+

बोर्डलाई चलचित्र संघको चेतावनी : व्यवसायमा बाधा भयो, संघर्षमा उत्रिन बाध्य नपार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १९:१६

काठमाडौं । हलवालाहरुको छाता संगठन नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डले व्यवसायमा बाधा पुर्‍याएको भन्दै विरोध जनाएको छ । शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सिनेमा हल व्यवसायीलाई समाप्त पार्ने नियतमा बोर्ड लागेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरुको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विनाकारण रात्रि शो बन्द गराउने, कर्मचारीहरुद्वारा हाम्रा सदस्यहरुलाई धम्की दिने र अनेक बहानामा दुःख दिने जस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं ।’

संघले आफूहरुको आग्रहलाई नस्वीकारे कडा संघर्षमा उत्रिने समेत चेतावनी दिएको छ । संघले भनेको छ, ‘यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेही स्वयं चलचित्र विकास बोर्डको नेतृत्व वर्ग हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?