८ असोज बुटवल । कपिलवस्तुमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
जिल्लाको वुद्धभूमि नगरपालिका-९ र ४ को सीमामा शनिबार दिउँसो काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका थिए ।
दुर्घटनामा ३१ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेमध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4