+
+

‘प्रेमगीत ३’लाई दुई दिनमा नेपालमा सवा ४ करोड, विश्वभरबाट १४ करोड 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १७:४८

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५  लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ । ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो ।

दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४.८४ करोड भारु र शनिबार ३.९५ करोड कमाइ गरेको हो ।

नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भए पनि कमाइमा वृद्धि हुने देखिएको छ । आइतबार भारतमा फिल्मको अकुपेन्सीमा वृद्धि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?