+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

केपी ओली हावा भरिएको बेलुन हो, चुनावपछि फुट्छ : दीपशिखा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १९:३२

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा‘दीपशिखा’ले  एमाले अध्यक्ष केपी शर्मा ओली हावा भरिएको बेलुनमाथि उडिरहेको भन्दै त्यो चुनावपछि फुट्ने टिप्पणी गरेका छन् ।

आइतबार वाईसीएलको कर्णाली प्रदेशस्तरीय बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले भने, ‘केपी ओली हावा भरिएको बेलुनमाथि उडेर जमिनका हामीलाई खिसिट्युरी गरिरहेका छन्, चुनावपछि त्यो बेलुन फुट्छ र उनी जमिनमा पछारिन्छन्।’

उनले राष्ट्रपति विद्या भण्डारी एमालेको उपाध्यक्षको भूमिका निभाइरहेको समेत आरोप लगाए। ‘विद्या भण्डारी रास्ट्रपति होईन, एमाले उपाध्यक्षको भूमिका निभाइरहेकी छिन्,’ उनको भने, ‘यस्तो राष्ट्रपति हामीले मानिराख्नुपर्दै,’ दीपशीखाले भने।

आजको सन्दर्भमा ‘स्मार्ट वाईसीएल’ हुनुपर्नेमा समेत उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?