+
+

मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १७:२२
मनास्लु आधार शिविरको फाइल तस्वीर ।

१० असोज, काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरुको खोजी कार्य हुन सकेको छैन ।

बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको उनले बताए । ‘त्यो टोलीमा ५ जना शेर्पा रहेको अपुष्ट जानकारी आएको हो । त्यसपछि सञ्चार सम्पर्क हुन सकेको छैन । हामी प्रयास गरिरहेका छौं’ एसपी खनालले भने ।

हिमपहिरोमा परेकाहरु सामान्य घाइते रहेको जानकारी आएको र उद्धारको प्रयास भइरहेको उनले बताए । ‘दुई वटा हेलिकप्टर आएर स्ट्यान्डबाई बसेका छन्, एउटा आवश्यक पर्दा आउने भनेर काठमाडौं फर्किएको छ,’ खनालले भने, ‘आधिकारिक जानकारी नआउँदा सम्म क्षतिको बारेमा हामी केही भन्न सकने अवस्थामा छैनौं ।’

घटना भएलगत्तै सामागाउँ प्रहरी चौकीबाट प्रहरी आधार शिविरतर्फ गएका छन् । तर आधार शिविर बस्तीदेखि टाढा रहेको र खराब मौसमका कारण सञ्चार सम्पर्क स्थापित हुन नसकेको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरको बीचमा हिमपहिरो गएको हो । पहिलो र दोस्रो आधार शिविरमा रहेका शेर्पा र आरोहण दलका सहयोगीले उद्धारको प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?