+
+

कप्तानमा किरणको पुनरागमन, भन्छन् : फेरि देशका लागि खेल्न पाएँ  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १८:५७

१० असोज, काठमाडौं ।  बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालमा हुने मैत्रीपूर्ण खेलबाट किरण कुमार लिम्बुले कप्तानीमा पुनरागमन गर्ने भएका छन् ।

यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादमा खेलाडीको पक्ष लिएपछि किरण गत जुनमा भएको एएफसी एसियन कप छनोट खेलेको नेपाली टिममा परेका थिएनन् ।

तर बंगलादेश विरुद्धका लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि उनले किरण लगायत अल्मुताइरीले निकालेका १० जना खेलाडीलाई नै टिममा राखेका छन् ।

यसअघि हुमागाईँले २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा कप्तान तोकेका थिएनन् । खेलको अघिल्लो दिन भएको प्रि म्याच कन्फ्रेन्समा भने प्रशिक्षकसँग किरण उपस्थित भएपछि उनैले कप्तानी गर्ने पक्का भएको हो ।

यसअघि एसियन कप छनवटमा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले नेपालको कप्तानी गरेका थिए । त्यतिबेला आफूलाई टिममा नबोलाएको भन्दा पनि निकालिएको प्रतिक्रिया दिए ।  ‘टिममा नअटाएको होइन, नआएको पनि होइन । नबोलाइएको निकालिएको हो’ उनले केही आक्रोशित मुद्रामा भने ।

अब राष्ट्रिय टिममा परिसकेपछि भने देशको लागि खेल्ने उनले बताए । राष्ट्रिय टिममा आएपछि राष्ट्रको लागि खेल्ने र यहाँ कुनै जाति भन्ने नहुने बताए ।  ‘राष्ट्रिय टिममा गएपछि तँ राई… तँ लिम्बु… तँ बाहुन… आएको भन्ने नै कुरा होइन । हामी राष्ट्रिय टिममा आएपछि राष्ट्रका लागि खेल्ने हो । एउटा समूह बनाएर हिँड्ने पनि होइन’ किरणले भने ।

माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीबाट धिवेही लिगको उपाधि जितेका किरण अहिले भारतीय आई लिग क्लब राउण्ड ग्लास पञ्जाबमा अनुबन्ध भएका छन् । उनी बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?