+
+

विश्व संगीतमा कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को दबदबा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १३:२२

काठमाडौं । यतिबेला विश्व संगीतमा दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ‘ब्ल्याकपिंक’को चर्चा चुलिएको छ । छोटो समयमै युट्युब कीर्तिमान होस् या बढी एल्बम बिक्री हुने विषयमा ।

ब्यान्डको पछिल्लो गीत ‘बर्न पिंक’ यस साता बिलबोर्ड सूचीको पहिलो स्थानमा उक्लिएको छ । पछिल्लो १० वर्षमा शीर्ष सूचीमा उक्लिने गर्ल्स ब्यान्डको कीर्तिमान पनि यसले राखेको छ ।

यसअघि सन् २००८ मा रिलिज भएको डेनिटी केनीको ‘वेलकम टु द डलहाउस’ उक्त सूचीमा पुग्ने पहिलो महिलाद्वारा संगीतबद्ध गीत बनेको थियो । बिलबोर्डका अनुसार अमेरिकामा रिलिज भएको पहिलो सातामै ब्ल्याकपिंकको उक्त गीतले एक लाख दुई हजार प्रति एल्बम बिक्री बराबरको रेकर्ड राखेको छ ।

आठ अन्य गीतले पनि ७५ हजार एल्बम बिक्री हुने बराबरको रेकर्ड राखेका छन् । यस साता दक्षिण कोरियाली पप संगीतले बिलबोर्डमा दबदबा जमाएको तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?