+
+

‘दुई नम्बरी’ ट्रेलर : रोमान्स, कमेडी र मित्रताको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १७:२९

काठमाडौं । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर आकर्षक लाग्छ ।

मित्रताको कथा पेस गर्ने फिल्मको ट्रेलरमा रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ । पञ्चलाइन र पात्र स्थापनाको ट्रिटमेन्टले ट्रेलरलाई मनोरञ्जनक तुल्याएको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन् । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । गाउँको परिवेशमा बुनिएको कथामा दयाहाङ र सौगात मिल्ने साथीको रुपमा फिचर्ड छन् । ‘ब्लकबस्टर’ कबड्डी ४ पछि यी दुईको सहकार्यमा यसमा देख्न पाइनेछ ।

‘घामपानी’ र ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म भुटानी अभिनेत्री उगेन छोदेनको डेब्यु फिल्म समेत हो ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री समेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ छन् । कोरोना महामारीका कारण छायांकन प्रभावित भएको ‘दुई नम्बरी’ कलाकार र स्क्रिप्टमा केही हेरेफेर गर्दै छायांकन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?