
११ असोज, काठमाडौं । बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा सानदार जित हात पारेपछि कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले मैदान ढोगेका छन् ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३-१ ले पराजित गरेको हो ।
खेलअघि दौरा सुरुवाल कोट लगाएर हुमागाईँ दशरथ रंगशालामा उपस्थित भएका थिए । अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालको जित सहज भएको थियो ।
दोस्रो हाफमा बंगलादेशले एक गोल फर्काए पनि नेपाल विजयी भयो । खेल सकिएपछि हुमागाईँले मैदान ढोगेर प्रशिक्षक पदबाट पनि बिदा भए ।
अखिल नेपाल फुटबल संघ एन्फाले हुमागाईँलाई बंगलादेश विरुद्धको खेलका लागि मात्र कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
मंगलबारको खेलपछि उनको कार्यकाल पनि सकिएको छ । अब्दुल्लाह अल्मुताइरी विदामा रहँदा एन्फाले हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक बनाएको थियो ।
हुमागईँले खेलपछि सबैको मिहिनेतले जित सम्भव भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4