+
+
Shares

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १७:५३

१२ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् ।

बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए ।

सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो अपर्याप्त रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले भने, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’

सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उनले बताए । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी फरक र महत्वपूर्ण रहेको बताए ।

‘सिंगो अर्थतन्त्र यसैमा निर्भर छ । देशको भविष्य यसैमा निर्भर छ । यो (राजश्व) चलेन भने देश चल्दैन । यसकारण यो मुलुकको मेरुदण्ड हो’, उनले भने ।

विदेशी रक्सी आयात कसले रोक्ने ?

अर्थमन्त्री शर्माले विदेशी मुद्रा सञ्चिती बढाउन विदेशी रक्सी रोक्नुपर्ने धारणा राखे । ‘विदेशबाट रक्सी आयात यहाँ छ, विदेशी रक्सी आयात कल्ले रोक्ने ?’ उनले प्रश्न गरे ।

अर्थमन्त्री शर्माले थपे, ‘सिमानाको कुरा छ, प्रहरीको कुरा छ, प्रहरीको पनि सहयोग चाहिन्छ, उहाँहरुले मद्दत गरिदिनुपर्‍यो ।’ विदेशी रक्सी आयात रोक्ने काममा मुख्य रुपमा राजश्व कार्यालयको भूमिका रहने पनि मन्त्री शर्माले बताए ।

सरकारले गत १६ चैत २०७८ देखि विलासी वस्तुको आयातमा कडाइ गर्दै आएको छ । अर्थमन्त्री शर्माले समग्र मुलुकको द्रुत आर्थिक विकासका लागि राज्यका निकायहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक पर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?