+
+

सन् २०२५ मा साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १८:३०

१२ असोज, काठमाडौं  । अखिल नेपाल फुटबल संघ  (एन्फा) ले सन् २०२५ मा महिला र पुरुष  टिमले साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ । त्यस्तै सन् २०२७ मा एएफसी कपमा छनोट हुने लक्ष्य पनि राखेको छ ।

बुधबार बसेको एन्फाको विशेष साधारणसभाले ८ वर्षका लागि फुटबलको योजना र कार्यक्रम बनाएको महासचिव किरण राईले जानकारी दिए ।

एन्फाले महिला र पुरुषका ५००-५०० खेलाडीको ब्याक अपसहितको रणनीति बनाएर अगाडि बढ्ने पनि महासचिव राईले बताए । ‘हामीसँग ब्याकअप नै नभई खेलाडीले गोल हानेको हेर्न खोज्छौं, संघ यसरी चल्दैन’ महासचिव राईले भने ।

एन्फाको चालु आर्थिक वर्षका लागि ९५ करोड रुपैयाँको हुने भएको छ । विशेष साधारण सभाले ९४ करोड ८९ लाख रुपैयाँको आम्दानी र खर्च विवरण अनुमोदन गरेको हो ।

बजेटको स्रोतमा एन्फाले फिफाबाट ६१ करोड ५० लाख रुपैयाँ प्राप्त हुने, एएफसीबाट ८ करोड ८० लाख र बाँकी आन्तरिक आम्दानी हुने एन्फाले बताएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?