
१३ असोज, कामाडौं । नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब तरलता पठाउने भएको छ ।
शनिबारदेखि लगातार ८ दिन सार्वजनिक बिदा रहेकोले उक्त अवधिमा आवश्यक तरलताको व्यवस्थापन गर्न १४ दिन अवधिका लागि उक्त रिपो जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।
बिहीबार बोलकबोल भएर बिहीबार नै जारी हुने उक्त रिपोका लागि बैंकहरुले न्यूनतम १० करोड वा सोभन्दा माथि १० करोडले भाग जाने अंकमा अवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
उक्त रिपोको अवधि २७ असोजसम्म रहनेछ । बिहीबार नै खुला बजार कारोबारसम्बन्धी विनियमावली संशोधन गर्दै स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थामा दशैंमा हुने लामो बिदामा सहजीकरण गर्ने व्यवस्था गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4