+
+
Shares

दशैंले जोड्ने मेरो जन्मभूमिसँगको साइनो

केशवप्रसाद ओली केशवप्रसाद ओली
२०७९ असोज १५ गते १२:२०

दशैं आउँदा छुट्टै उमङ्ग हुन्छ। मनमा अनेकन् रमाइला छटा फुट्छन्। गाउँघर यत्तिकै पनि सजिएका हुन्छन्। अब यस्तै माहोल बन्दैछ। दशैं सुरु हुन एक हप्ता मात्र बाँकी छ। खेतमा लहलह धान झुलिसकेको छ। बारीमा मकै पाकिसकेको छ। मखमली फुल्दैछ। सयपत्रीले मलाई अनि भाइटीकालाई कुरिरहेको छ। किसानलाई खेती भित्र्याउन चटारो छ। हामीलाई यता घर जान हतारो छ। मनमा हजारौं खुसी बोकी परदेशमा गएका नेपाली पनि भित्रँदैछन्। आमा, परिवार र देशको सपनालाई साकार पार्न कैयौं नेपाली दाजुभाइ, दिदी-बहिनी दशैंमा पनि घर आउन नपाई दुस्खी होलान्। भन्दै होलान्- केही वर्ष पर्ख खुसी लिएर आउनेछु।

नेपालीको ठूलो चाड बडादशैं

हाम्रो महान् पर्व दशैंलाई हर्ष–उल्लासका साथ मनाइन्छ। पारिवारिक जमघट हुने, दुस्खसुखका कुरा गर्ने, तास खेल्ने, सेलरोटी पकाउने, मिठो-मिठो परिकार पकाउने र खाने गरिन्छ। नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो। यहाँ जाति अनुसार फरक–फरक धर्म र आ-आफ्नै संस्कृति छ। पारिवारिक स्तर अनुसार आ-आफ्नै तौरतरिकाले दशैं मनाउने गर्दछन्। तर दशैंको खुसी र रमाइलो आ-आफ्नै हुन्छ, तुलना गर्न मिल्दैन। अलिक धनी मानिनेहरुको भने आफ्नै पारा देखिन्छ। टक्क गाडी लिएर आउँछन्, कुरा छाँट्छन् सबैले अनौठो मानी सुन्छन्।

अर्का हुन्छन् राजनीतिक गफ छाट्न बाहेक अरु केही नआउने चाहे सानो बच्चा साथमा किन नहोस् कुरा गर्न थालिहाल्छन्। हामीलाई काठमाडौंबाट आएको भन्नै हुँदैन। आफू नै मन्त्री भएको झैं कुरा गर्छन्। जुनसुकै राजनीतिक पार्टीले के के नै साधेको जस्तो।

बरु नजिकको स्थानीय सरकारसँग पहुँच बढाउन्, सरकारलाई खबरदारी गरुन् जसले गर्दा उत्तरदायी र जनमैत्री सरकार बन्न मद्दत पुग्नेछ। आफ्नो विचार र मन मिल्ने पार्टी सरकारमा नभए सहयोग नगर्ने खेदो मात्र खन्ने प्रवृत्तिले नै हामी आफैं हर कुरामा पछाडि परेका छौं।

मेरो दशैं

दशैंको लागि नयाँ–नयाँ कपडा सपिङ गर्ने काम सुरु भइसकेको छ। सानो छँदा दशैंमा नयाँ कपडा लाउन पाउँदा छुट्टै खुसी हुन्थ्यो मन। कपडा लगाएर गाउँघर हिंडिन्थ्यो, यसले नयाँ कपडा लाएछ— कसले किनिदियो रु भनेर सबैले सोध्ने गर्थे। साथीहरुसँग त झन् शानै फरक हुन्थ्यो। फुर्तिका साथ हिंडिन्थ्यो। तेरो भन्दा त मेरो कति राम्रो, तैंले यो लगाएको छैनस् मैले लगाएको छु। यस्तै यस्तै‘

किनमेल गर्न टाढाको बाटो हिंडेर बजार गइन्थ्यो। त्यहाँ प्रायस् सबै पसलेले चिन्थे दुई–चार वटा पसल न हुन्थे। काठमाडौंबाट घर जान अग्रिम टिकट काटिन्थ्यो, बल्ल बल्ल पाइन्थ्यो। मनमा अनेक खुसी लिएर घरमा गइन्थ्यो। भर्खर काठमाडौंबाट गएको केटो सामान किनेर भारी बोकेर हिंड्न लाजै लाग्थ्यो त्यसैले रात पारिन्थ्यो अनि सामान बोकेर हिंडिन्थ्यो। उकालो बाटो जेनतेन घर पुगिन्थ्यो ‘दशैं आएको एकप्रकारको खुसी भए पनि दशैंको अरु दिन खासै रमाइलो हुँदैनथ्यो। नजिकैको बजारमा अलिक चहपहल हुन्थ्यो त्यहीं गएर दिन बिताइन्थ्यो। नाचगान हुन्थ्यो, यो समूहको नाँच…..यो क्लबको नाच …. मयुर नाच देख्न पाइन्थ्यो …

दशैंको दुई हप्तादेखि विभिन्न कार्यक्रमको त लहरै चल्थ्यो। कहाँ कहाँ भाग लिनु मुस्किलै पर्थ्यो, भाग लिएपछि स्थान आइहाल्थ्यो। प्राय हाजिरीजवाफ भने छुटाइँदैनथ्यो किनकि यो सोखको विषय थियो।

नवमीका दिन बोका काट्थे। मासु मजैले खाइन्थ्यो। विजयादशमीका दिन टीका लाइन्थ्यो सबैले थोरै थोरै दक्षिणा दिन्थे, जम्मा गरेर राखिन्थ्यो। त्यही दिन नाचगान हुन्थ्यो। महिनौंसम्म खानेकुरा सकिंदैनथ्यो। लेकतिर लिएर रमाउँदै खाइन्थ्यो।

तर अहिले

दशैं नजिकै आउन थालिसक्यो तर पनि मलाई गाउँघर जान त्यति धेरै मन छैन। बालापनको झैं रमाइलो छैन। उहिले सँगै नाच्ने, पीङ खेल्ने साथी कहाँ छन् कहाँ १ यही चाडबाडमा जमघट हुने हामीहरु त्यहीं पनि भेट हुन सक्दैनौं। म सधैं दशैंमा रमाउने बजार न त अहिले म चिन्छु, न त मलाई उसले नै चिन्छ। ठूलाठूला घर भीरमा ठडिएका छन्। गमक्क बस्ती छ। मैले सधैं किनमेल गर्ने पसल सम्झनामा मात्र छ। महँगीले आकाश छोएको छ। तर पनि लाग्छ गरिब कोही छैन। उहिले बजार जाँदा मसँग चप्पल माग्ने साथी अहिले गाडी लिएर जान्छ। गाउँतिर निस्केपछि गरिने प्रश्न—

बिहे कहिले गर्छस् ?

जग्गा कहाँ किनिस् ?

पल्लो घरको शेरेले अमेरिकाबाट यति पठाइसक्यो ?

रामे जापान गइसक्यो ?

न कि उहाँहरुलाई के थाहा यहाँ दैनिक अमेरिका र जापान जानेको मलाई लाइक र कमेन्टमा बधाई हान्दै ठिक्क छ भन्ने ।

अन्तमा

झारा जस्तै भयो दशैं मुश्किलले टीकाको दिन पुग्यो, हतारहतार टीका लगायो शहर फर्क्यो। आफ्नो काममा फर्क्यो, दिनचर्यामा फर्क्यो। तर पनि दशैंको टीकाले मलाई मेरो घरसँग जोड्छ। मेरो आत्मीयता जन्मभूमिसँग जोड्छ।

त्यसैले मेरो लागि दशैं पर्व मात्र होइन, प्रत्येक वर्षमा आउने मेरो मातृभूमिसँगको साइनो हो। र त मलाई सधैं दशैंले बोलाइराख्छ१

सबै सबैमा दशैंको शुभकामना !

त्रिवेणी गाउँपालिका ७, रुकुमपश्चिम

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?