+
+

दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा बढाइँ

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ असोज १६ गते १८:२३

१६ असोज, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समेत गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?