+
+

रियल बराबरीमा रोकिंदा बार्सिलोनालाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते ७:३८

१७ असोज, काठमाडौं । करिम बेन्जिमाले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न नसकेपछि रियल मडि्रड आफ्नै मैदानमा ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ ।

जारी सिजन रियलले अंक गुमाएको यो पहिलो खेल हो । यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई फाइदा भइको छ ।

ला लिगा उपाधि रक्षाको अभियानमा रहेको रियलका लागि ८०औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । त्यसअघि रियलका लागि भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, ओसासुनाका लागि किके गार्सियाले बराबरी गोल फर्काएका थिए ।

बेन्जिमालाई फल गरेका डेभिड गार्सियाले ८०औं मिनेटमा रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । यो बराबरीपछि रियलले ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

७ खेलबाट बार्सिलोना र रियलको समान १९ अंक भएको छ । गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?