+
+

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

अनिल खत्री अनिल खत्री
२०७९ असोज १७ गते १४:१७

१७ असोज, गुल्मी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत माया कुँवरले बताइन् । मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश बसन्तराज पौडेल छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको कुँवरले बताइन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर–१ हेर्ने जिम्मेवारी तोकिएको छ ।

निर्वाचन क्षेत्र नम्बर–२ को कार्यालय रेसुङ्गा नगरपालिकाको शिक्षा विकास समन्वय इकाइ कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको लागि २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जसमध्ये महिला १ ला १३ हजार २९८ रहेका छन् भने पुरुष १ लाख १० हजार ३१७ जना रहेका छन् । जिल्लाका २ निर्वाचन र ४ प्रदेश सभा निर्वाचनका लागि २७८ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्रअनुसार क्षेन नम्बर १ मा १ लाख १९ हजार २८८ जना मतदाता रहेका छन् भने क्षेत्रनम्बर २ मा १ लाख ४ हजार ३२७ जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १५० र क्षेत्र नम्बर २ मा १२८ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?