+
+

गुल्मीका शक्ति पीठमा भक्तजनको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १२:०७

१८ असोज, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अवसरमा गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो ।

पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको वडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर तथा शक्ति पीठहरुमा भक्तजनको बाक्लो उपस्थिति भएको छ ।

नवमीको अवसरमा गुल्मीस्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दिर, तम्घास मन्दिरलगायतका ठाउँका अन्य मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लागेको छ ।यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता छ ।

महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बलि दिएर मनको आकांक्ष पूरा हुने विश्वासमा बली दिने गर्दछन् ।

कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफूले मनले आटेका चिताएको कुरा पूरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।

परिवारको खुसशान्तीको कामनामा बलि दिने गर्दछन् । गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा बलि दिनेहरु मन्दिर पुगेका थिए ।

काम विशेषले शहर र रोजगारिको लागि विदेशिएकाहरु दशैंका लागि गाउँ र्फकने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल बढेको छ ।

वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गदछ ।

हिन्दूहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने विजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाइन्छ ।

दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको टीकाको दिनदेखि पूणिर्मासम्म सराय नाच देखाउने गरिन्छ ।

तरबार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।

गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्ऽकोटलगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?