+
+

‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को ट्रेलर रिलिज, नेपालमा कात्तिक २५ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १६:०५

काठमाडौँ । रायन कुगलर निर्देशित आगामी ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले अझै नयाँ लुक्स दिन्छ ।

ट्रेलरले राजा टी चल्लाका छोरा तथा राजकुमार चाडविक बोसम्यानको चरित्रलाई गुमाएको मर्मस्पर्शी दृश्यलाई चित्रण गरेको छ । अफ्रिकी मुलुक वाकान्डाको नयाँ ब्ल्याक प्यान्थरको संकेत दिइएपनि यसबारे खुलाइएको छैन ।

ट्रेलरमार्फत मार्भल स्टुडियोले अभिनेता बोसम्यानको चरित्रलाई श्रद्धाञ्जली दिएको छ । तर, ट्रेलरको रहस्य भनेको आगामी ब्ल्याक प्यान्थरकोे चरित्रमा को आउँदैछ भन्ने हो ।

वाकान्डा फरेभर सन् २०१८ मा कुगलर निर्देशित फिल्मको दोस्रो भाग हो जुन सांस्कृतिकरुपमा मर्मस्पर्शी र ओस्कार अवार्डको फिल्म विधातर्फ मनोनित समेत भएको थियो ।

कुगलरले चाडविन बोसम्यानलाई हेरेर फिल्मको कथा लेखेका थिए तर उनका असामयिक निधनपछि सबथोक परिवर्तन भयो । ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर कात्तिक २५ गते नेपालमा समेत रिलिज हुनेछ ।

हेर्नूस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?