
२० असोज, काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना भएको छ ।
नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ ।
घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4