+
+

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते २१:५९

२१ असोज, काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो ।

प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् ।

प्रदेशसभा सदस्यको टिकट भने रामप्रसाद दंगाल र पाँचकर्ण (पीके) राईले पाएका छन् । खोटाङ (क) बाट राई र (ख) बाट दंगालले टिकट पाउने भएका हुन् । राईले २०७० मा दोस्रो संविधानसभा चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?