+
+

मंसिर १२ गते विवाह गर्दै सलोन र करिश्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १४:१३

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ ।

दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सलोनले सो मितिमा विवाह गर्ने तयारीमा जुटेको बताए । ‘अहिलेसम्मको कन्फर्म डेट त्यही हो । सोहीअनुसार विवाह गर्दैछौं’ उनले भने ।

दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

परम्परा अनुसार विवाह गर्ने सलोनको योजना छ । कामको कुरा गर्दा सलोनले अभिनय गर्ने फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?