+
+

बक्सअफिसमा ‘बाबरी’लाई सकस : चलेन धीरज र अदितीको जादू

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १४:५८

काठमाडौं । दशैंमा रिलिज फिल्म ‘बाबरी’लाई लिएर बक्सअफिसमा राम्रै आशा थियो । यसको प्रि-रिलिज हाइपलाई आधार मान्दा कम्तीमा ७० लाखदेखि १ करोडसम्मको ओपनिङ प्रक्षेपण थियो ।

धीरज मगर र अदिती बुढाथोकीको सामाजिक संजाल देखिएको लोकप्रियतालाई हेर्दा पनि फिल्मले राम्रै कमाइ गर्ने आशा थियो । तर, बक्सअफिसमा यी दुबैको जादू चलेन ।

अर्थात, आशा गरिएको ‘बाबरी’ले बक्सअफिसमा निराशजनक प्रदर्शन गरिरहेको छ । मुलुकको मल्टिप्लेक्सन चेन क्यूएफएक्समा आइतबारदेखि जम्मा सात शोज र उपत्यकाका हलमा ३ शोज छ । अन्य हलले दुई-दुई शोज दिएका छन् ।

कम्तीमा दोस्रो सप्ताहन्तमा पनि फिल्मले राहतपूर्ण अकुपेन्सी हासिल गर्ने देखिएको थियो तर, त्यो पनि हुन सकेन । सुरुदेखि नै बाबरी विवादमा तानियो । रिलिजको दोस्रो दिनमै पत्रकार सम्मेलन गरेर निर्माताले शोज वितरणमा न्याय नभएको भन्दै चलचित्र संघ र बोर्डप्रति आक्रोश पोखे ।

निर्देशक सुरेन्द्र पौडेल र निर्माता संघका अध्यक्ष नवल खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागे । विवादमा कलेक्सनमा कुनै प्रभाव नपरेपनि पहिलो मंगलबारदेखि शोजमा गिरावट आउन सुरु भैसकेको थियो ।

‘बाबरी’को बक्सअफिस असफलतामा मुख्य यसको कमजोर ‘वर्ड अफ माउथ’ जिम्मेवार देखिन्छ । यसको सीधा सन्देश हो : दशैं होइन, कन्टेन्ट नै महत्वपूर्ण हो । रिलिजअघि नै मोमेन्टम गुमाएको बाबरीका लागि दशैंमा आउनु हुँदैन थियो भन्ने एकथरीको तर्क पनि छ ।

जे भएपनि, पर्वभन्दा महत्वपूर्ण दर्शकको ‘वर्ड अफ माउथ’ नै मुख्य कुरा हो । यसअघि सामान्य डेटमै रिलिज भएको ‘कबड्डी ४’ले घरेलु बक्सअफिसमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रचिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?