+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले सुर्खेतले भन्यो : प्रदेशमा डण्डी शर्मालाई जिताउन सकिदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १६:३३
उम्मेदवार सिफारिस भएका डण्डीप्रसाद शर्मा

२२ असोज, सुर्खेत । नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीले जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट टिकट पाएका डण्डीप्रसाद शर्मालाई जिताउन नसकिने बताएको छ । पार्टी केन्द्रले सुर्खेत क्षेत्र नं. १ (ख) मा शर्मालाई उम्मेदवार बनाएपछि जिल्ला कमिटीले असन्तुष्टि जनाएको हो ।

पार्टीको प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेका खड्कबहादुर खत्रीलाई टिकट नदिएर सो क्षेत्रमा मतदातासमेत नरहेका शर्मालाई उम्मेदवार बनाइएको भन्दै जिल्ला कमिटीले हारको जिम्मा केन्द्रीय कमिटीले नै लिनुपर्ने चेतावनी दिएको छ ।

एमालेको सुर्खेत जिल्ला कमिटीको शनिबार बसेको बैठकले अन्तर पार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री खड्कबहादुर खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र अन्तरपार्टी निर्देशन (अपानि) विपरीत भएको ठहर गरेको छ ।

‘शर्मालाई उम्मेदवार बनाउने निर्णयलाई जिल्ला कमिटी सुर्खेत पूर्णरूपमा असहमति प्रकट गर्दछ । प्रदेशमा पार्टीलाई विजयी गराउने हो भने जिल्ला कमिटीको सिफारिस बमोजिम प्रक्रियागत रुपमा एकल सिफारिस भएका खत्रीलाई टिकट उपलब्ध गराउनु हुन पार्टी नेतृत्वसँग जोडदार माग गर्दछौं’ निर्णयमा भनिएको छ ।

खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकलरुपमा नाम सिफारिस गरेको थियो । एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका छन् । तर पार्टी केन्द्रले भने शर्मालाई टिकट दिएको छ ।

उता शर्माले भने केन्द्रीय कमिटीको निर्णय जिल्ला कमिटीले नमान्नु पार्टी विरोधी गतिविधि भएको बताए । `जिल्ला कमिटी ठूलो कि केन्द्रीय कमिटी ? पार्टी केन्द्रको निर्णय मान्दिन भन्नु पार्टी विरोधी गतिविधि हो । केही पार्टी विरोधी साथीहरुको  निर्णयले केही फरक पर्दैन’ शर्माले अनलाइनखबरसंग भने ।

हेर्नुहोस् जिल्ला कमिटीको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?