+
+

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ८:४५

२३ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ ।

पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ ।

उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेल समूह ‘ए’ मै रहेका सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

असोज २३ देखि कात्तिक १ गतेसम्म हुने महिला क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीयसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेश रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब,  कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट भने भदौमा सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?