+
+

कलाकार सिते बाले दर्ता गरे काठमाडौं-५ मा स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:३७

काठमाडौं । टेलिभिजन श्रृंखला ‘सक्किगो नि’का अभिनेता सिते बा (मधुसुधन पाठक)ले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उनले मनोनयन दर्ता गरेका हुन् । राष्ट्रिय झण्डा ओढेरै उनी निर्वाचत अधिकृतको कार्यालयमा पुगेका थिए ।

मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी पार्टीको भ्रष्टाचार र बेथितीविरुद्ध भएको बताए । नयाँ पुस्तालाई पनि राजनीतिमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन आफ्नो उम्मेदवारी भएको उनको भनाई छ ।

यसअघि उनले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले यो चुनावबाट पुराना पार्टीका नेतालाई विस्थापित गर्ने दावी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?